Section 112
अन्तिम प्रतिवेदन पेश गर्नु पर्ने
विशेष व्यवस्थापन समूहले आफूले नियन्त्रणमा लिएको बीमकको सम्बन्धमा यस ऐन बमोजिम गर्नु पर्ने कार्य सम्पन्न गरेको, आफ्नो कार्यावधि समाप्त भएको वा कुनै कारणले सो समूह विघटन भएकोमा त्यसरी कार्य सम्पन्न गरेको, कार्यावधि समाप्त भएको वा विघटन भएको मितिले तीस दिनभित्र आफूले सम्पन्न गरेको काम कारबाहीको सम्बन्धमा तोकिए बमोजिमको विवरण समावेश गरी तयार गरिएको अन्तिम प्रतिवेदन प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।